बिर्तामोड, असोज ७ । राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक तथा पूर्व राष्ट्रिय खेलाडी प्रवेश कटुवाललाई मातृशोक परेको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2023/09/received_1675085233003245-1-195x300-1.jpeg)
कटुवालकी माता इन्द्रमाया कटुवालको आज साँझ ७ बजे उपचारको क्रममा मनमोहन अस्पताल बिर्तामोडमा निधन भएको हो । उनी मिर्गाैलासम्बन्धी रोगबाट पीडित थिइन् ।
२०१५ सालमा जन्मिएकी इन्द्रमायाका प्रवेश र गणेश गरी दुई छोरा , एक छोरी र श्रीमान छन् । एक छोरीकोे पहिल्यै निधन भैसकेको जनाईएको छ । हाल कटुवाल परिवार बिर्तामोड–१० सैनिक बजारमा बसोबास गरिरहेका छन् ।