झापा, असोज ८ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले सोमबार दुई मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

नयाँ निर्णयअनुसार लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्रीको रुपमा नियुक्त भएका छन् भने बुद्धिकुमार राजभण्डारी खानेपानी सिँचाई तथा ऊर्जामन्त्री नियुक्त भएका छन् ।

त्यस्तै रामप्रसाद मेहता उद्योग कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भए भने निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेका छन् ।

यससँगै कोशी प्रदेश सरकार ९ सदस्यीय बनेको छ । आर्थिक मामिला, सामाजिक विकास र उद्योग मन्त्रालय गरी तीन मन्त्रालय भने मुख्यमन्त्री कार्कीले नै सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्