एजेन्सी । चीनको हाङचउमा जारी १९औं एसियाली खेलकुदमा आयोजक राष्ट्र चीनले सर्वाधिक पदक जितेर पहिलो स्थान ओगटेको छ ।

चीनले अहिलेसम्म अलग–अलग प्रतिस्पर्धामा ३९ स्वर्ण, २१ कास्य, ९ रजतसहित कुल ६९ पदक जितेको छ । त्यस्तै दोस्रो स्थानमा रिपब्लिक अफ कोरिया, तेस्रो स्थानमा जापान, चौथोमा उज्बेकिस्तान , पाँचौमा हङकङ र छैठौमा भारत रहेको छ । भारतले अहिलेसम्म दुई स्वर्णसहित ११ वटा पदक जितेको छ । नेपालले अहिलेसम्म खाता खोल्न सकेको छैन ।

प्रतियोगितामा ४५ देशका १२ हजारभन्दा बढी खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा ४० खेल समावेश गरिएका छन् र त्यसमा ४ सय ८१ स्पर्धा समावेश छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्