झापा, असोज ९ । बारामा गोली प्रहार गरी एक जनाको हत्या भएको छ ।

आज साँझ पचरौता नगरपालिकाको पकडिया टोलमा अपरिचित समूहको गोली प्रहारबाट एक व्यक्तिको मृत्यु भएको हो।
साँझ अन्दाजी ६ बजेको समयमा पकडिया टोलमा रहेको पोखरी छेउमा पहिचान खुल्न नसकेको एक व्यक्तिको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ।

स्थानीयहरुका अनुसार मोटरसाइकलमा आएका तीन जनाको अज्ञात समूहले अर्काे मोटरसाइकलमा सवार व्यक्तिमाथि गोली प्रहार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दाडीराम न्यौपानेले गोली प्रहारबाट मृत्यु भएका व्यक्तिको पहिचान खुल्न नसकेको र घटनाको बारेमा अनुसन्धान भइरहेको बताएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्