झापा, असोज १० । मोटरसाइकलको एयर फिल्टरमा ब्राउनसुगर लुकाएर ल्याउने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका वडा नं.२ बस्ने ४२ वर्षिय दिपकप्रसाद प्रसाई रहेका छन् ।
आज साँझ ५.३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.६ स्थित काँकरभिट्टा भन्सार गेट अगाडी ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदैं गरेको मे.५.प. ५७०९ नं.को मोटरसाइकलमा सवार प्रसाईलाई शंका लागेर चेकजाँच गर्दा मोटरसाइकलको एयर फिल्टरमा लुकाई छिपाई ल्याउँदै ४ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्