झापा, असोज ११ । नेपालका इस्लाम धर्मावलम्बीले पनि आज मोहम्मद डे मनाईरहेका छन् ।

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्ललाहो अलैहे वसल्लमको १४५३ औं जन्म जयन्ती अर्थात् मोहम्मद डे आज धुमधामका साथ मनाइरहेका हुन् ।

मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बी अव्वल महिनामा साउदी अरबको मक्कामा बीबी आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।
मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । बिर्तामोडमा रहेका इस्लाम धर्मावलम्बीहरुले हजरत मोहम्मदको जन्मदिनका अवसरमा आज र्याली निकाल्ने भएका छन् ।

यसैबीच झापाका चार पालिकाले आज स्थानीय बिदा दिएका छन् ।
मुस्लिम समुदायको विशेष पर्व हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीको अवसरमा जिल्लाका भद्रपुर नगरपालिका, कचनकवल, बाह्रदशी र झापा गाउँपालिकाले बुधबार सूचना निकाल्दै आज स्थानीय बिदा दिएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्