झापा,असोज१२।नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्ट दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि झापा एफसीसँग मार्की खेलाडीको रूपमा अनुबन्धित भएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीबाट ५७ क्याप जितिसकेका विष्टले १२ गोल समेत गरेका छन् र सर्वाधिक गोलको कीर्तिमान बराबरी गर्न १ गोल मात्र टाढा रहेका रहेका छन् ।२५ वर्षीय नेपाली फुटबलका एकजना प्रतिभावान खेलाडी अञ्जनले भर्खरै सम्पन्न भएको सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडलाई पहिलो प्रयासमा नै च्याम्पियन बनाउन टोलीको तर्फबाट सर्वाधिक गोल समेत गरेका थिए । उनी एनएसएलको पहिलो संस्करणमा बेष्ट फरवार्ड चुनिएका थिए ।दुवै विंग्सबाट खेल्न उत्तिकै सक्षम उनले झापा एफसीको नेपाली फुटबल विकासको भिजन मन परेकै कारण आफूले झापा रोजेको बताए । ‘झापा एफ.सी.को नेपाली फुटबललाई फरक रूपमा अगाडि बढाउने प्लान मलाई निकै मन परेकै कारण झापा रोजेको हुँ । टिमलाई च्याम्पियन बनाउन आफ्नो क्षमताले भ्याएसम्म सबै कुरामा योगदान पुर्याउने छु । यस टिमसँग जोडिन पाउँदा निकै गर्व महसुस भैरहेको छ,’ अञ्जनले भनेका छन् ।झापा एफ.सी. का प्रवक्ता तथा महासचिव सुजन गौतमले अञ्जनलाई अनुबन्ध गर्न पाउँदा खुसी लागेको बताए । ‘नेपाली टिमका महत्वपूणर् खेलाडी अञ्जनलाई अनुबन्ध गर्न पाउँदा निकै खुशी छौं । अञ्जन एक प्रतिभाशाली खेलाडी मात्र नभएर राम्रो लिडर पनि हुन् । उनको आगमनले टिममा छुट्टै ऊर्जा मिलेको महसुस भएको छ,’ गौतमले भने, ‘अञ्जन एक मिहिनेती खेलाडी हुन् ।’झापा एफ.सी. का अध्यक्ष अर्पणविक्रम खड्काले अञ्जनले झापा एफ.सी. लाई पहिलो प्रयासमा नै लिग जिताउन उल्लेखनीय भूमिका खेल्ने छन् भनेर पूणर् विश्वास लिएको बताए ।झापा एफ.सी. दोस्रो संस्करणका लागि थपिएको ३ नयाँ टोलीमध्ये एक हो । एनएसएलको दोस्रो संस्करण मंसिर ८ गतेबाट काठमाडौंको दशरथ रंगशालामा आयोजना हुँदैछ । दोस्रो संस्करणको अक्सन आगामी शनिबार हायात होटलमा सञ्चालन हुँदैछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्