झापा,असोज १२ । श्रीमतीसंगै झुन्डिएर आफू बाँच्ने बुद्धशान्ति ४ का २३ वर्षिय आशिष लोहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अस्पतालले डिस्चार्ज गरेपछि आशिषलाई आज नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक रोहितकुमार शर्माले बताए । उनको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको थियो । मंगलवार राति करिव १० बजेतिर आशिष लोहार र उनकी २२ वर्षिया श्रीमती प्रिया लोहार घरको कैचीमा संगै झुन्डिएका थिए ।

घरका सदस्यहरुले थाहा पाएर दुवैको पासो काट्दा प्रियाको मृत्यु भइसकेको थियो । आशिषलाई उपचारका लागि बीएण्डसी हस्पिटलमा भर्ना गरिएको थियो । घटना शंकास्पद भएकाले अनुसन्धानका लागि आशिषलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।

उनीहरुका ५ वर्षका छोरी छन् । परिवारसंग छुट्टिएर लोहार दम्पत्ति एकतले मूल घरको बरण्डा कोठामा बस्दै आएका थिए । त्यही कोठामा उनीहरु संगै झुन्डिएको बताइएको छ । उनीहरु झुन्डिनु पर्ने कारणसहित घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्