बिर्तामोड, असोज १३ । बिर्तामोडको होटलमा लागूऔषधको कारोबार गरिरहेको अबस्थामा ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिवार दिउँसो ४.३० बजेको समयमा बिर्तामोड ५ स्थित त्रिवेणी होटल एण्ड लजमा लागूऔषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।

होटलधनीलाई खानतलासी पुर्जी समेत दिई खानतलासी गर्दा होटल लजको कोठा नं.१ भित्र बिर्तामोड ४ घर बताउने अन्दाजी २१ वर्षिय उत्तम दर्जी र ईलाम सूर्योदय नगरपालिका वडा नं.२ घर बताउने अन्दाजी २० वर्षिया सन्ध्या विश्वकर्मा बसेको कोठाको बेडमा १ ग्राम ९०० मिलिग्राम ब्राउनसुगर र नगद ५ हजार ५००रुपैयाँ फेला परेको थियो ।

दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्