झापा, असोज १४ । भारतबाट पेन्टीभित्र ब्राउनसुगर लुकाएर ल्याउँदै गर्दा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बुद्धशान्ति गाउँपालिका वडा नं.४ बस्ने ३६ वर्षिय सुरज थेवे र शिवसताक्षी नगरपालिका वडा नं. ७ बस्ने ४२ वर्षिय अमृत श्रेष्ठ रहेका छन् ।

आज दिउँसो ४ बजेको समयमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. ६ स्थित मेची पुलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका थेवे र उनका साथी श्रेष्ठलाई शंका लागेर चेकजाँज गर्दा थेवेले लगाएको पेन्टीको इलास्टिकभित्र लुकाएर ल्याउँदैं ४ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्