कुमरखोद, असोज १५ (प्रस) । झापा गाउँपालिकाको वडा नं २ अन्तर्गत रहेको झापा बजार व्यवस्थापन समितिको दोस्रो अधिवेशन सोमवार सम्पन्न भएको छ ।

झापा बजार व्यवस्थापन समितिका अध्यक्ष विकास अग्रवालको अध्यक्षता तथा वडा नं २ का वडाध्यक्ष हिमालकुमार चम्लागाईको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा झापा गाउँपालिका उद्योग वाणिज्य संघका अध्यक्ष ठोमनाथ नेपाल , वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोजकुमार गणेश , वडा नं २ का वडाध्यक्ष राजकुमार यादव , न्यायिक समितिका सदस्य राजकुमार कोचलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन बजार समितिका सचिव शंकर शाहले गरेका थिए भने स्वागत मन्तव्य समितिका वरिष्ठ उपाध्यक्ष चन्द्रदेव यादवले गरेका थिए ।

झापा बजार व्यवस्थापन समितिको अध्यक्ष पदका लागि बरतलाल राजवंशी र अशोक लिम्बूले उम्मेदवारी दिएपछि निर्वाचन हुने भएको छ । उद्योग वाणिज्य संघका प्रतिनिधि र जनप्रतिनिधिहरुले दुवै आकांक्षीलाई सहमतिको अथक प्रयास गरेपनि सफल हुन नसकेपछि चुनाव हुने भएको हो । चुनाव गराउनका लागि वाणिज्य संघका अध्यक्ष नेपालको संयोजकत्वमा मनोजकुमार खत्री र मनोजकुमार गणेश रहेको ३ जनाको निर्वाचन समिति गठन भएको छ । उक्त समितिले २२ गतेपछि चुनावी मिति तय गर्ने संयोजक नेपालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्