झापा,असोज१६।गायिका शर्मिला तामाङको बाल्यकालका साथी सङ्गीसँग यादबारे लेखिएको गीत ‘याद आउँछ आउँदैन’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका तामाङको अफिसियल युट्युब च्यानलबाट दर्शक/श्रोतामाझ आएको याद आउँछ, आउँदैन बोलको गीतमा वनमाराको झुप्पालाई चुङ्गी बनाएको, वनमा काफल, चुत्रो खाँदै गुलेली बोकेर हिँडेको कथा लयमा उतारिएको छ । शर्मिला तामाङ र प्रकाश तामाङ टितुङको स्वर रहेको गीतमा लय/शब्द भने शर्मिला तामाङको रहेको छ ।मनिस लामाको सङ्गीत संयोजन रहेको याद आउँछ, आउँदैन गीतमा भिडियो निर्देशन र कोरियोग्राफी दिलीप ओखेडा र सह-कोरियोग्राफी अमर रावलले गरेका छन् । प्रकाश खड्काको छायाङ्कन रहेको म्युजिक भिडियोमा दिलीप ओखेडा, सञ्चिता बोलाखे, साजन गुरुङ र दीपिका थापाले अभिनय गरेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्