झापा, असोज १७ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीस्थित मजुवामा ट्रकले ठक्कर दिँदा दुई जना पैदलयात्रीको मृत्यु भएको छ।

दुर्घटनामा बागेश्वरी मावि मलेखुमा कक्षा- ८ को कोचिङ कक्षा पढ्न जाँदै गरेका सिद्धलेक गाउँपालिका वडा नम्बर ६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १४ वर्षीय सञ्जीव श्रेष्ठको मृत्यु भएको हो।
काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश २–००१ ख ८७१३ नम्बरको ट्रकले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। ट्रकले सोही दिशातर्फ जाँदै गरेको अर्को ट्रकलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्कर दिने सवारी र चालक गजुरी प्रहरीको नियन्त्रणमा रहेको धादिङका प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिएका छन्। दुर्घटनापछि स्थानीयले पृथ्वी राजमार्ग अवरुद्ध गराएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्