झापा, असोज १८ । तराई मधेशका महिलाहरुले मनाउने जितिया पर्वको अवसरमा झापा गाउँपालिकाले भोलि सार्वजनिक विदा दिएको छ ।

गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अन्जुदेवी थपलियाले एक सूचना जारी गरी जितिया पर्वको अवसरमा भोलि सार्वजनिक विदा दिइएको जनाएकी छन् । गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका वडा कार्यालयहरु , स्वास्थ्य संस्थाहरु ,विषयगत शाखाहरु र सामुदायिक विद्यालयहरु भोलि बन्द रहने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्