झापा, असोज १९ । ल्होनाक ताल विस्फोटपछि टिस्टा नदीमा आएको बाढीका कारण भारतको सिक्किममा ६ सैनिकसहित मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

१६ सैनिकसहित सयभन्दा बढी अझै बेपत्ता छन् ।करिब ३ हजार पर्यटकहरु अलग–अलग स्थानमा फसेका छन् । अहिलेसम्म २५ सयभन्दा बढीलाई उद्धार गरिएको छ भने ६ हजार मानिसलाई राहत शिविरमा राखिएको छ । बाढीको स्थितिका कारण शिक्षा विभागले १५ अक्टूबरसम्म सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । राज्य सरकारले पर्यटकहरुलाई तत्काल सिक्किम नआउन आग्रह गरेको छ ।सरकारले अचानक आएको बाढीमा सेनाको बेस क्याम्पबाट विस्फोटक र गोला–बारूद बगेको हुनसक्ने आशंका गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्