झापा, असोज २० । झापाको दमक ९ को चियादोकान पश्चिम खोल्सामा तैरिरहेको अबस्थामा एकजनाको शव फेला परेको छ ।

अन्दाजी ३५ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको हो । केही दिनअघि नै मृत्यु भएको हुनसक्ने मंगोलियन समुदायको जस्तो देखिने ब्यक्तिको अनुहार कुहिसकेको प्रहरीले जनाएको छ । कसको शव हो भनेर पहिचान भइसकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको दमक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्