झापा,असोज२१।परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन् ।आइतबार मन्त्रालयमा बोलाएर राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमणका बारेमा मन्त्री साउदले कुराकानी गरेका हुन् ।छलफलका क्रममा मन्त्री साउदले इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे चासो राखेका उनको सचिवालयले जनाएकोछ ।जवाफमा राजदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा प्रयास रहने प्रतिवद्धता जनाएका छन् ।उनले इजरायलको कठिन समयमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति सरकारलाई धन्यवादसमेत दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्