झापा,असोज २१। चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ सोमबार देखि खुला हुने भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता ईश्वरी पनेरुका अनुसार भोलिदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गर्ने जानकारी दिए।सार्वजनिक यातायात सेवा प्रदायकहरूले चाडपर्व लक्षित गरी यातायात सहजताका लागि सो टिकट बुकिङ खुला गरेका हुन् ।उनले यातायात व्यवसायीले अग्रिम टिकटका लागि यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाइने जानकारी दिए।यसका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ल्होत्से बहुउद्देश्य प्रा.लि., उपभोक्ता सम्बद्ध संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने, गराउने र यात्रुले समेत सवारीमा मादक पदार्थ सेवन गरी यात्रा गर्न नहुने उनले बताए ।उनका अनुसार सवारी चालकले यात्रुलाई खाना/खाजा खुवाउने स्थानमा भिडभाड गर्न नहुने, अनधिकृत काउन्टर, परिचयपत्र, पोसाक नभएका व्यक्तिहरूबाट टिकट बिक्री गर्ने कार्य पूणर्तयाः नियन्त्रण गर्ने, गराउने व्यवस्था मिलाइएको छ । मुख्य सडकलाई मर्मत, सम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन विभागले सम्बन्धित निकायलाई अनुरोध पनि गरेको छ ।यस्तै, नेपाल यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार अब देशैभरमा अग्रिम टिकट बुकिङ खुला हुनेछ । उनले काठमाडौँ नयाँ बसपार्क गोङ्गबुको टिकट काउण्टरमा पोसाक, परिचयपत्रसहितका व्यक्तिहरू यातायात सहजताका लागि खडा हुने बताए। यसका साथै हेल्प डेस्क पनि राखिने जानकारी उनले दिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्