झापा, असोज २१ । यक्सो समाज नेपालको आइतवार बिर्तामोडमा सम्पन्न प्रथम अधिवेशनले तदर्थ समितिका अध्यक्ष काजिमान यक्सो (टाङहिम्बा)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

२०७९ चैत २७ गते गठित तदर्थ समितिले संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय झापामा गत साउन ११ गते यक्सो समाज नेपाल नामक संस्था दर्ता गरेको हो । सो पछि वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन आयोजना गरिएको अध्यक्ष काजिमानद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

समाजका महासचिव कुमार यक्सोको सञ्चालन तथा यक्सो वंशका अगुवा धनबहादुर यक्सोको प्रमुख आतिथ्यमा आयोजित साधारणसभा तथा प्रथम अधिवेशनमा हालसम्मको आम्दानी एक लाख ८ हजार रुपैयाँ र खर्च ३३ हजार ३७५ रुपैयाँको विवरण प्रस्तुत गरी अनुमोदन गरिएको थियो ।अधिवेशनले अध्यक्षमा काजिमान, दुईजना उपाध्यक्षमा तिलबिक्रम र देवेन्द्र, महासचिवमा कुमार, सचिवमा नवराज तथा कोषाध्यक्षमा सिता लिम्बूलाई सर्वसम्मत चयन गरेको छ ।

कार्यसमितिको बैठकले पछि दुईजना सदस्यहरु थप गर्नेगरी अधिवेशनबाट अमृत , दिलकुमारी, शिवमाया सुब्बा, मनकुमारी ,धनराज, तेज, लक्ष्मी, किरण र मनिष यक्सो सर्वसम्मत सदस्य चयन भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्