एजेन्सी । प्यालेस्टाईनको रकेट आक्रमणमा परि ६ सय बढी इजरायली मारिएका छन् ।

आक्रमणमा २ हजारभन्दा बढी घाइते भएको इजरायलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणमा परि घाईते भएका सयौंको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । त्यस्तै प्यालेस्टाइनी विद्रोहीहरुले करिव सयजना इजरायली सैनिक र सर्वसाधारणलाई बन्धक बनाएको बताइएको छ ।

त्यस्तै गाजापट्टीका ३७० जनाको मृत्यु भएको र करिव २२ सयजना घाइते भएको प्यालेस्टाइनी अधिकारीहरुले बताएका छन् । इजरायलमा भएको आक्रमणमा अमेरिकी , बेलायती , भारतीय नागरिकहरु पनि परेका छन् । शनिबार बिहान हमासले इजरायलका राज्य र त्यहाँका नागरिकहरूविरुद्ध घातक आक्रमण गरेको हो ।

विद्रोही संगठन हमासले इजरायलमा तीन हजारभन्दा बढी रकेट प्रहार गरेको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्