कचनकवल,असोज २१ । रोजगारीका लागि मलेसिया गएका झापा कचनकवल गाउँपालिकाका एक युवकले १३ महिना नबित्दै मलेसियामा आत्महत्या गरेका छन् ।

कचनकवल ७ बालुबाडी घर भएका जेठलाल राजवंशीका २२ वर्षिय छोरा सहदेव राजवंशीले आत्महत्या गरेका हुन्। उनी ३ दाजुभाइमध्येका जेठा छोरा हुन् ।

गत वर्षको भदौमा रोजगारीका सिलसिलामा मलेसिया गएका उनले आफूले काम गर्ने फ्याक्ट्रीमा आज बिहान झुन्डिएर आत्महत्या गरेको वडा नम्बर ७ का वडाध्यक्ष भरत राजवंशीले जानकारी दिए

उनको शव नेपाल ल्याउनका लागि पहल भइरहेको वडाध्यक्ष राजवंशीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्