झापा , असोज २४ । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी पूर्वी नाका काँकडभिट्टामा डग स्निफिङ शुरु गरिएको छ ।

आज बिहान ९.३० बजेदेखि मेचीनगर नगरपालिका वडा नं. ६ स्थित नेपाल भारत सिमानाका काँकडभिट्टामा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको “सुरक्षा सुनिश्चितता अभियान” अन्तर्गत तालिमप्राप्त कुकुरसहित चेकजाँच शुरु गरिएको हो ।

सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागूऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा अन्य आपराधिक गतिबिधि नियन्त्रणको लागि पारु र पिंकु नाम गरेका २ वटा तालिमप्राप्त कुकुरसहित चेकजाँच शुरु गरिएको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिए । उनले कुकुरले सुँघेर पत्ता लगाउने भएकाले प्रहरी चेकजाँचमा सहयोग पुग्ने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्