बिर्तामोड,असोज २४ । बिर्तामोडमा बहुरुपी बनेर मागेर हिड्दै गरेका चारजना भारतीयलाई प्रहरीले पक्राउ गरी भारत पठाएको छ ।

बिर्तामोडको बजारमा ब्यापारीहरुबाट मागेर हिड्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । हात– हातमा डाली, अनुहारभरी ईनामेल रङ्ग दलेर नक्कली लामो कपाल र फेटामा बहुरुपी बनेका ती भारतीयहरुलाई कृषि रोडमा पक्राउ गरी बिर्तामोडको नगर प्रहरीले इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएको नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए ।उनीहरुको साथबाट नगद र विभिन्न सामग्री बरामद भएको थियो । प्रहरीले ती भारतीयलाई भारत पठाएको हो ।

उपप्रमुख संग्रौलाले त्यस्ता व्यक्तिबाट जोगिनु पर्ने भन्दै यसरी विभिन्न बहाना बनाएर चन्दा उठाउन , आर्थिक संकलन गर्न आएमा खबर गर्न आग्रह गरेका छन् । यसअघि बिर्तामोड नगरपालिकाले मागेर हिड्ने १७ जना महिला र बालबालिकालाई पक्राउ गरी भारत पठाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्