बिर्तामोड, असोज २४ । बिर्तामोडमा टिभिएस बाइकले असोज २९ गतेसम्म एक्स्चेन्ज मेला संचालन गर्ने भएको छ ।

बिर्तामोडका लागि आधिकारिक बिक्रेता पाथीभरा अटो लिंकमा असोज २५ देखि २९ गतेसम्म एक्स्चेन्ज मेला संचालन गरिने भएको हो । एक्स्चेन्ज मेलामा विभिन्न अफरहरू सार्वजनिक गरिएको छ ।

जसअन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका, किन्दा ५ लाख रुपैयाँँसम्म जित्ने मौका, हरेक महिना १०० प्रतिशत क्यास ब्याक, बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरेको छ । एक्स्चेन्ज मेलामा १० हजार रुपैयाँसम्मको भ्यालु एडिसनको सुविधा रहेको बताइएको छ । २५ प्रतिशत डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधासहित कम्पनीबाट टिभिएस बाइक चढेर जान सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्