झापा , असोज । पूर्वमन्त्री तथा नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेत आइनपुग्दै पहिचानवादीहरुले अर्जुनधारामा नारावाजी शुरु गरेका छन् ।

राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेशनलाई उद्घाटन गर्न बस्नेत आउन लागेका हुन् । उनीसंगै युवा संघका अध्यक्ष क्षितिज थेबे पनि आउने भएका छन् । प्रदेशको नाम कोशी खारेजीको आन्दोलन चलिरहेको बेला नेता वस्नेतले पहिचान बिरोधी अभिव्यक्तिहरु दिदै आन्दोलनकारीहरुलाई उत्तेजित पार्ने कार्य गरेकोले पहिचानको लागि युवा सशक्त बिरोधमा उत्रिएको जनाइएको छ ।

बस्नेत आउने कार्यक्रममा झडप हुने संभावना बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । राजधानीको एक होटलमा बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईलाई कालोमोसो दलेपछि प्रसाई पक्षधरहरुले बस्नेतलाई टार्गेट बनाएका छन् । प्रसाईले आफूमाथि भएको दुर्व्यवहारको बदला लिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्