झापा , असोज २५ । राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेशनलाई पूर्वमन्त्री तथा नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले उद्घाटन गरेका छन् ।

पहिचानवादी र दुर्गा प्रसाई समर्थकहरुको सामान्य विरोधलाई छिचोल्दै बाक्लो सुरक्षाकर्मीका साथ पूर्वमन्त्री तथा नेकपा एमालेका पोलिटव्युरो सदस्य बस्नेत कार्यक्रमस्थल पुगेका हुन् । केहीबेरअघि उनले अधिवेशन उद्घाटन गरेका छन् । उनी आइनपुग्दै र आएपछि पहिचानवादीहरुले अर्जुनधारामा नारावाजी शुरु गरेका थिए ।

बस्नेत आउने कार्यक्रममा झडप हुने संभावना बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । राजधानीको एक होटलमा बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईलाई कालोमोसो दलेपछि प्रसाई पक्षधरहरुले बस्नेतलाई टार्गेट बनाएका छन् । प्रसाईले आफूमाथि भएको दुर्व्यवहारको बदला लिने चेतावनी दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्