बिर्तामोड, असोज २७ । राजवंशी समाज विकास समिति झापाका नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहणसहित पद हस्तान्तरण गरिएको छ ।

गत असोज १९ गते उत्तमकुमार राजवंशीको अध्यक्षतामा निर्वाचित कार्यसमितिलाई गौरवती सतानुसिंह राजवंशी स्मृति प्रतिष्ठान बिर्तामोड–३ सैनिकमोडमा आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक हेमप्रसाद राजवंशीले सपथ ग्रहण गराएका थिए ।

राजवंशी समाज विकास समितिको आठौं जिल्ला अधिवेशनले उत्तमकुमार राजवंशीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको थियो । जसको उपाध्यक्षमा जितलाल राजवंशी , रतनलाल राजवंशी , कमला राजवंशी , मेनुका राजवंशी , सचिव सोहनलाल राजवंशी, सहसचिवमा दिलिपकुमार राजवंशी र कोषाध्यक्षमा बसन्ती राजवंशी रहेका छन् । त्यस्तै सदस्यहरुमा प्रसन्न राजवंशी , राजकुमार राजवंशी , डिकबहादुर राजवंशी ,महिशलाल राजवंशी , आसमानसिंह राजवंशी , सुजित राजवंशी , विष्णुदेवी राजवंशी र पुजा राजवंशी रहेका छन् ।

राजवंशी समाज विकास समितिका केन्द्रीय सचिव लखनलाल राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी , राजवंशी समाज विकास समितिका निवर्तमान जिल्ला अध्यक्ष दिनेश्वर राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रमको संचालन निर्वाचन समितिका सदस्य भक्तसिंह राजवंशीले गरेका थिए ।

राजवंशी समाज विकास समिति झापाको नौताली राजवंशीको अध्यक्षतामा अर्को समिति पनि गठन भएको छ । आधिकारिकताको विवाद रहेको राजवंशी समाज विकास समितिमाथि दुईवटा समूहले दावी गर्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्