भद्रपुर,असोज २७ । सनसाईन बचत तथा ऋण सहकारी संस्था लि. भद्रपुर १० चन्द्रगढीको१० औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

जिल्ला सहकारी संघ झापाका सदस्य भलाकाजी कठायतको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा सहकारीका विभिन्न एकाइबाट प्राप्त सुझाव समेटिएको माईन्युुट सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद रिजालले वाचन गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कठायतले जनताबाट अत्यधिक कर असुल्ने प्रवृतिले दीनदुःखीलाई थप पीडा दिने गरेको बताए । उनले नियामक निकाय मौन रहँदा सहकारी धरासायी भइरहेको बताउँदै संचालकहरु सचेत भएर सहकारीहरुको वृत्ति विकासमा लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा उत्कृष्ट कर्मचारीहरु विनिता सुवेदी र पुनम राजवंशीलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो । सो अवसरमा गत असोज १९ गते सम्पन्न निर्वाचनबाट बालकृष्ण बास्तोलाको अध्यक्षतामा निर्वाचित ९ सदस्यीय नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको थियो ।

अध्यक्ष रिजालको अध्यक्षतामा सम्पन्न सभामा भद्रपुर १० का वडा अध्यक्ष टेकबहादुर खड्का काजीले पनि मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन सदस्य टीकाप्रसाद दाहाल र स्वागत मन्तव्य टीका लुईटेलले गरेका थिए । कार्यक्रममा प्रतिनिधिमुलक रुपमा शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्