दमक, असोज २७ । रोटरी क्लव अफ बिर्तामोडले दमकमा आयोजित प्रथम रिजन ७ बाईज इन्टर रोटरी क्लव ब्याडमिण्टन प्रतियोगिताको उपाधि जितेको छ ।

रोटरी क्लव अफ दमकको आयोजना तथा दमक वडा नं ८ को सहआयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा भद्रपुर रोटरी क्लवलाई सोझो सेटमा हराउँदै बिर्तामोडले उपाधि जित्न सफल भएको हो ।

प्रदेशका कुल १४ वटा रोटरी क्लवहरुले भाग लिएको प्रतियोगिताको फाईनलमा बिर्तामोडका तर्फबाट शैलेन्द्र कुरुङ्वाङ र कुमारबाबु गिरीले खेलेका थिए भने भद्रपुरको टिममा आदित्य पराजुली र दिपेश ढकाल सहभागी थिए ।

दमक ८ स्थित प्रेम पाण्डेले आफ्नै घरभित्र निर्माण गरेको कभर्ड हलमा सम्पन्न भएको प्रतियोगतामा बिजेता बिर्तामोडले नगद १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो भने उपबिजेता बनेको भद्रपुर रोटरीले नगद १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

पुरस्कार तथा प्रमाणपत्र दमक नगरपालिकाका प्रमुख राम थापा, आयोजक क्लवका अध्यक्ष पदम बरालसहितले वितरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्