दमक, असोज २७ । झापाको दमक नगरपालिका–१ मा श्रीमतीको हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सो ठाउँमा अस्थायी बसोबास गर्ने इलाम फाकफोकथुमका २२ बर्षीय दिनेश सुनुवारले गत बिहीबार राति ११ बजे मादक पदार्थ सेवन गरेर आफ्नै श्रीमती २१ बर्षीया सुनिता सुनुवारलाई निर्घात कुटपिट गरेका थिए । सुनितालाई दमक अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएको थियो ।

उनको त्यहाँ उपचारको क्रममा शुक्रवार साँझ मृत्यु भएलगत्तै प्रहरीले सुनुवारलाई नियन्त्रणमा लिएको इलाका ईलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले जानकारी दिए । पक्राउ परेका सुनुवारमाथि थप अनुसन्धान भइरहेको डिएसपी लामाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्