झापा, असोज २८ । यो वर्ष असोज महिना सकिन लाग्दासम्म झापामा डेंगी संक्रमण घट्न सकेको छैन ।

असोज अन्तिममा पनि डेंगी संक्रमण तीब्ररुपमा देखिने गरेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यस वर्ष झापामा असोज २५ गतेसम्म ३ हजार ६३६ जना डेंगी संक्रमित भएका छन् । त्यस्तै पाँचजनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

नेपालमा डेंगी संक्रमितको संख्या ४० हजारको हाराहारीमा पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरणअनुसार हाल देशभर ३९ हजार २३० जना डेंगी संक्रमित रहेका छन्। यसैगरी ७६ जिल्लामा संक्रमित रहेका छन् भने ११ अति प्रभावित रहेका छन्।

अघिल्लो वर्षको अवस्था हेर्ने हो भने हरेक वर्ष डेंगी सामान्यतया नेपालमा जेठदेखि भदौसम्म तीव्र रूपमा फैलिएर असोज महिना लागेपछि विस्तारै संक्रमण ओरालो लागेको थियो । यसको मुख्य कारण चिसो मौसम सुरु हुनु र विस्तारै मनसुन बाहिरिदै जाँदा डेंगी संक्रमण बनाउने लामखुट्टेको प्रभाव कम हुँदै जानु हो। तर,यो वर्ष भने असोज महिना बित्ंदा पनि संक्रमण बढ्दै गएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्