बिर्तामोड, असोज २८ । फर्निचरमा १५ वर्षको ग्यारेन्टी दिनेगरी झापाको बिर्तामोड–२ स्थित चारपानेमा शुष्मा काष्ठ फर्निचर सञ्चालनमा आएको छ ।

बडादशैंको घटस्थापनाका अवसर पारेर आइतवारदेखि फर्निचर सञ्चालनमा आएको हो । फर्निचरको उद्घाटन बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले गरेकी हुन् । ६० लाखबढी रुपैयाँको लगानीमा रामचोकमा फ्याक्ट्रीसहित चारपानेमा फर्निचर सोरुम युवा व्यवसायी सन्दिप राजवंशीले सञ्चालनमा ल्याएका हुन् ।

उक्त फर्निचरमा २ लाख ७० हजार रुपैयाँसम्मका फर्निचरका सामग्री रहेको सञ्चालक राजवंशीले जानकारी दिए । ‘एकचोटी किनेपछि जीवनभर ढुक्क’ भन्ने नाराका साथ फर्निचर स्थापना गरेको सञ्चालक तथा सन्दिपका पिता सन्तोष राजवंशीले बताए । ‘हामी १५ वर्षसम्म ग्यारेन्टी दिन्छौं’ उनले भने,‘ फर्निचरमा धुलिया लागे साटेर अर्को दिन्छौं ।’ अन्तर्राष्ट्रिय डिजाइनका उत्कृष्ट र आकर्षक फर्निचर निर्माण गर्नका लागि भारत र नेपालका कालिगढ राखिएको उनले बताए । आफूहरुको फर्निचरमा प्लाइ प्रयोग नगरिएको बताउने राजवंशीले फर्निचरमा सिसौं , खमारी र टिक काठ प्रयोग गरिएको जानकारी दिए । सञ्चालक सन्दिपको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पनि उनैले गरेका थिए ।


कार्यक्रममा प्रमुख अतिथि प्रसाईले शुभकामना मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन शुष्मा काष्ठ फर्निचरका मेनेजर राजिव न्यौपानेले गरेका थिए । फर्निचरमा बेड, सोफा, ड्रेसिङ टेवल, डाइनिङ टेवल, अफिस र्याक, मन्दिरलगायतका सम्पूर्ण फर्निचर सामग्री उपलब्ध रहेको सन्दिपले बताएका छन् । फर्निचरमा २० जनाले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ ।

सोही कार्यक्रमकाबीच फर्निचरका कालिगढहरु टंक धिमाल, गणेश सरकार, अर्जुनकुमार चौधरी, सुमन वर्मन र कुमार लिम्बूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्