झापा, असोज २९ । नेकपा (माओवादी केन्द्र)ले पनि कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।

बुधबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका मुख्यमन्त्री कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने भएको हो । नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले कार्कीलाई पार्टीले विश्वासको मत दिने बताए ।
प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा (५) अनुसार शनिबनर मुख्यमन्त्री नियुक्त भइ आइतबार सपथ लिएका कार्कीले तत्काल विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले सत्ता गठबन्धनले दिँदै आएको दबाबका बीच एमालेसहितको सरकार गठन गरेका छन् । एमालेका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गरेका शम्शेर राईलाई मुख्यमन्त्री कार्कीले विना विभागीय मन्त्री नियुक्त गरेर सपथ लिएपछि विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्