बिर्तामोड, असोज २९ । ब्रोस्टेड चिकेनका पारखीहरुलाई लक्षित गरी ३० भन्दा बढी कुखुराका परिकारसहित बिर्तामोडमा होटल नेपाली स्वाद संचालनमा आएको छ ।

बिर्तामोडको अधुवा पुल पश्चिम राजमार्गको उत्तरपट्टी झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाललगायतले होटल नेपाली स्वाद सोमवारदेखि संचालनमा ल्याएका हुन् । के.एफ.सीको स्वाद दिनेगरी आफूहरुको होटलमा रु १५० देखि ३ हजार ६ सयसम्मको ब्रोस्टेड चिकेन उपलब्ध रहेको संचालक ढकालले बताए । उनले ब्रोस्टेड चिकेनसंगै ३० भन्दा बढी चिकेनका विभिन्न परिकारहरु पनि उपलब्ध रहेको जानकारी दिए । साथै खाजाका आइटमहरु बर्गर, साँधेको , सुप , बिर्यानी , फ्राइराइस ,पिजा ,चिया र कफी जस्ता परिकारहरु पनि पाइने संचालकको ढकालको भनाई छ ।

ग्राहकको रोजाइ अनुसार स्वादिष्ट परिकार बनाउनका लागि करिव २० वर्षदेखि अनुभवी सर्टिफाइड कुक ल्याएको अर्का संचालक सी.एन. दुलालले बताए । उनले अहिले फोनबाट अर्डर लिने व्यवस्था गरिएको बताउँदै केही दिनपछि अनलाइन डेलिभरी गरिने जानकारी दिए । करिव २० लाख रुपैयाँको लागतमा सो होटल संचालनमा ल्याएको संचालकहरुले बताएका छन् । उद्घाटन र दशैको अवसरमा छुटको समेत व्यवस्था गरिएको उनीहरुको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्