भद्रपुर , असोज ३० । खानेपानी उपभोक्ता तथा सरसफाइ समिति चन्द्रगढीको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कोशी प्रदेश सांसद तथा निवर्तमान मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्य र समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो।

भद्रपुर १० चन्द्रगढीमा आयोजना गरिएको साधारणसभामा प्रमुख अतिथि कार्की, विशिष्ट अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र चन्द्रगढी दोस्रो खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष चुडामणि मैनालीले शुभकामना मन्तव्य राखेका थिए । समितिका सचिव बाबुराम कार्कीले सञ्चालन गरेको साधारणसभामा सहसचिव झुमा शिवाकोटी दाहालले स्वागत मन्तव्य राखेकी थिइन् ।

कोषाध्यक्ष खेमराज भट्टराईले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक माधव घिमिरेले आन्तरिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको साधारणसभाको बन्दसत्रले अध्यक्ष र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन पारित गरेको जनाइएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्