बिर्तामोड, असोज ३० । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजनामा मंगलवार शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बडादशै ,तिहार , न्हु दया भिन्तुना र छठ पर्वको अवसरमा जातीय संस्थाका प्रतिनिधिहरुबीच शुभकामना साटासाट गरिएको थियो । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष राजकुमार राजवंशीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि नगर समन्वय परिषदका संस्थापक कृष्ण उदास रहेका थिए ।

त्यस्तै नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष पाण्डवलाल चौधरी , बाम बुद्धिजीवी लोकबन्धु कन्दङ्वा , नेवाः देयः दवुका प्रदेश अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिहरुसंगै बिर्तामोड ५ का निवर्तमान वडाध्यक्ष तथा किरात याक्थुङ चुम्लुङ बिर्तामोडका संयोजक राजेन्द्रप्रसाद लिङ्देन , नगर समन्वय परिषदका सल्लाहकारहरु रिमानध्वज लोक्ताम , फूलमाया तामाङ, किरात राई यायोख्खाका नगर अध्यक्ष गणेश राई , थारु कल्याणकारिणी सभाका लवकुमार चौधरी , नेपाल तामाङ घेदुङका नगर अध्यक्ष विजय तामाङ गोले , नेपाल मगर संघका कर्णबहादुर मगरलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा आदिवासी जनजातिका हक अधिकारका साथै आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदले आगामी माघ ९ गतेदेखि बिर्तामोडमा आयोजना गर्न लागेको महोत्सवका बारेमा पनि छलफल भएको थियो । नगर समन्वय परिषदका उपाध्यक्ष दिपेन्द्र चौधरीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत कोषाध्यक्ष गणेश तामाङ र संचालन सचिव सन्तोष बेघाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्