झापा , कात्तिक १ । नेपाल प्रहरी कार्यदक्षता मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय इलाम मातहतको प्रहरी चौकी श्रीअन्तु देशभरिमा सर्वोत्कृष्ट भएको छ ।

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (POLICE BATON) र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवाकेन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुमध्येबाट उत्कृष्ट प्रहरी कर्मचारी छनौट मापदण्ड, २०८० बमोजिम अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्यांकन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीसमेतको अनुगमन टोलीले गत असोज १४ गते प्रहरी चौकी श्रीअन्तु इलामको निरीक्षण गरेको थियो । ७ वटै प्रदेश प्रहरी कार्यालय,जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकीहरुको निरीक्षण तथा अनुगमन गर्दा प्रहरी चौकीहरुमध्येबाट प्रहरी चौकी श्रीअन्तु इलाम सर्वोत्कृष्ट भएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्शाल काठमाण्डौले ६८ औं प्रहरी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रहरी चौकी श्रीअन्तु इलामका चौकी इन्चार्जलाई पुरस्कृत गरिएको थियो । “सर्वोत्कृष्ट प्रहरी चौकी श्रीन्तु इलाम“ घोषित गरी संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रशंसापत्र प्रदान गरेका थिए । गत बर्ष पनि नेपाल प्रहरी कार्यदक्षता मूल्यांकन (POLICE BATON) मा ७७ जिल्लाहरु मध्येबाट “सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय इलाम”घोषित भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्