एजेन्सी । गाजा क्षेत्रको अल– अहली अरब अस्पतालमा भएको इजरायली हवाई आक्रमणबाट ४७१ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

आक्रमणमा ३१४ जना प्यालेस्टाइनी नागरिक घाइते भएको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायलले गरेको प्रत्याक्रमणमा परी हालसम्म ३ हजार ४७८ जना प्यालेस्टाइनीको ज्यान गइसकेको छ । त्यस्तै १२ हजार ६५ जना घाइते भएका छन् । हमासको आक्रमणमा १ हजार ४०३ जना इजरायली नागरिकको मृत्यु भएको छ । जसमा १० नेपालीसहित १०० भन्दा बढी विदेशी नागरिक पनि छन् ।त्यस्तै ३ हजार ८०० घाइते भएका छन् ।

यसैबीच, युद्ध जारी रहेकै बेला अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल पुगेका छन् । गाजामा करिव १ हजार ३ सयजना आक्रमणबाट ध्वस्त बनेका भवनका भग्नावशेषमा पुरिएको अनुमान गरिएको छ । त्यसमध्ये ६ सय बालबालिका रहेका छन् । इजरायली हमलाबाट ७० प्रतिशत बालबालिका , महिला र बृद्धबृद्धा प्रभावित भएका छन् । इजरायली सेनाको चेतावनीपछि उत्तरी गाजाबाट लाखौँ मानिस विस्थापित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्