बिर्तामोड, कात्तिक ४ शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले उत्कृष्ट दुई कर्मचारी र सेवाकेन्द्रलाई पुरस्कृत गरेको छ ।

११ औँ वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कर्मचारी र सेवाकेन्द्र पुरस्कृत भएका हुन् ।

संस्थाको माइन्यूट प्रमाणीकरण भेलाको अवसर पारेर उत्कृष्ट कर्मचारी र सेवाकेन्द्रलाई पुरस्कृत गरिएको संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए । अध्यक्ष न्यौपानेका अनुसार पाँचवटा सेवाकेन्द्रमध्ये धुलावारी सेवाकेन्द्र उत्कृष्ट भएको छ ।

सदस्य सेवाकेन्द्र शनिश्चरेमा कार्यरत बजार सहायक टीका भट्टराई र सदस्य सेवाकेन्द्र चैतुवारीमा कार्यरत बजार सहायक लक्ष्मण राजवंशी उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत भएका हुन् ।

उत्कृष्ट कर्मचारीलाई अध्यक्ष न्यौपाने, कार्यक्रमका प्रमुख अतिथि सहकारी अधिकृत डिल्ली दाहाल, लेखा समितिका संयोजक युवराज निरौला, उपाध्यक्ष हेमराज मिश्र, सचिव सूर्यकुमार खतिवडालगायतले नगदसहित पुरस्कार प्रदान गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्