झापा, कात्तिक ४ । बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईले इलामको दानावारीमा गर्न लागेको कार्यक्रममा नेकपा एमालेनिकट युवा संघका कार्यकर्ताहरुले अवरोध पुर्याएका छन् ।

युवा संघका कार्यकर्ताहरुले गरेको अवरोध

युवा संघका कार्यकर्ताहरुको कडा अवरोधका कारण प्रसाईले इलाम दानाबारीको शुक्रवारेमा दुर्गा माताको मूर्ति प्रतिष्थापन गर्ने कार्यक्रम स्थगित गरेका छन् । दानाबारीमा निर्माण गरिएको दुर्गा मन्दिरमा ९ दिनसम्म पुराण लगाएर आज फूलपातीका दिन प्रसाईले दुर्गा माताको मूर्ति प्रतिष्थापन गर्न लागेका थिए । दानाबारी जाने सडकको सुखानीमा युवा संघका कार्यकर्ताहरुले विहानैदेखि टायर बालेर अवरोध गरेका थिए । उनीहरुले कुनै पनि हालतमा जान नदिने चेतावनी दिएपछि प्रसाईले बाध्य भएर कार्यक्रम स्थगित गरेका हुन् । आफूले २५ लाखको लागतमा निर्माण गरेको मूर्ति प्रतिष्थापन गर्न खोज्दा एमालेले अवरोध गरेर राम्रो नगरेको प्रसाईले प्रतिक्रिया दिएका छन् । उनले अब त्यस मन्दिरमा मूर्ति नराख्ने बताए ।

प्रतिष्थापनका लागि प्रसाईले निर्माण गरेको दुर्गाको मूर्ति

उनले सहयोगका लागि दुर्गा माताको दुईवटा मूर्ति निर्माण गरेका थिए । एउटा इलामको दानावरी र अर्को झापाको गौरादहका लागि । उनले दशै पछाडि गौरादहमा दुर्गा माताको मूर्ति सहयोग गर्ने बताइएको छ । काठमाडौमा प्रसाईलाई मोसो दलेपछि युवा संघसंग उत्पन्न भएको रिसिबी अर्जुनधारामा महेश बस्नेतको कार्यक्रममा गाडी तोडफोड भएपछि झन् बढेर गएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्