झापा , कात्तिक ४ । त्रिकोणात्मक श्रृंखलाअन्तर्गत नेपालले हङकङलाई ७९ पराजित गरेको छ।

२ सय १४ रनको लक्ष्य पछ्याएको हङकङले सबै ८ विकेट गुमाएर जम्मा १३४ रनमा बनायो।
दिपेन्द्रसिंह ऐरी र कुशल मल्लले विष्फोटक ब्याटिङ गरेपछि नेपालले विशाल लक्ष्य दिन सफल भएको थियो।

नेपालका लागि मल्लले ४१ बलमा ९२ रन, ऐरीले ३४ बलमा ५७ रनको योगदान दिए। कुशल भुर्तेल २ रनमा आउट हुँदा आशिफ सेख २०, सोमपाल ८, कप्तान रोहित पौडेलले ११ रन बनाए। यस्तै सन्दीप जोरा र गुलशन झाले एक–एक रन बनाए।
नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो।
आजको खेलमा विजयी भएसँगै नेपालले एक खेलअगावै फाइनलमा स्थान बनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्