एजेन्सी । ईरानका विदेश मन्त्री होसैन आमिर अब्दोल्लाहियन इजरायललाई खुल्ला चेतावनी दिएका छन् । गाजामा हमला बन्द नगरे कार्वाही गर्न बाध्य हुने उनले चेतावनी दिएका हुन् ।

यद्धपि त्यसको केही घण्टाभित्र संयुक्त राष्ट्रसंघमा ईरानी मिशनले लचकता देखाउँदै ईरान र इरानी नागरिकको अहित नहुन्जेलसम्म इजरायल र हमासबीच जारी संघर्षमा दख्खल नदिने बताएका छन् । ईरान यस युद्धमा खुलेर हमास र प्यालेस्टाइनीको समर्थनमा उभिएको छ । पटक–पटक इजरायललाई नराम्रो परिणाम भोग्ने चेतावनी दिदै आएको छ ।

ईरान रिभ्युलश्नरी गार्ड्स (आईआरजीसी) के डिपुटी कमान्डरले इजराइलको हाइफÞा शहरमा मिसाइल हमलाको धमकी दिएका छन् । ईरानको सरकारी समाचार सेवा प्रेस टीवीका अनुसार ईरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेईले यदि इजरायली हमला जारी रहे मुसलमानहरुलाई कसैले पनि रोक्न नसक्ने चेतावनी दिएका छन् ।

सात अक्टुबरदेखि हमासका तर्फबाट अचानक इजरायलमाथि मिसाइल हमला प्रहार भएपछि अहिलेसम्म १४ सयभन्दा बढी इजरायलीको मृत्यु भएको छ भने हमासले दुई सयभन्दा बढीलाई बन्धक बनाएको छ । त्यस्तै इजरायलले जारी राखेको प्रत्याक्रमणमा परी गाजामा ६ हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको छ ।

यसैबीच टर्कीका राष्ट्रपति रिसेप तैय्यप एर्दोगानले इजरायलको भ्रमण रद्ध गरेका छन् । उनले हमासलाई ‘लिबरेशन ग्रुप’ बताएका छन् । उता इजरायली राष्ट्रपति बेन्जामिन नेतन्याहूले इजरायलले गाजामा जमिनबाट आक्रमण गर्ने तयारी गरिरहेको बताएका छन् । तर , कहिलेदेखि आक्रमण गर्नेबारे उनले खुलाएका छैनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्