झापा, कात्तिक ११ । चाडपर्वलाई लक्षित गरी भद्रपुर नाकामा पनि डगसहितको चेकिङ (डग स्निफिङ )शुरु भएको छ ।

आज बिहान ८.१० बजेबाट भद्रपुर– ५ मेची पुलस्थित भद्रपुर–गलगलिया नाकामा डग स्निफिङ शुरु गरिएको हो । वडा प्रहरी कार्यालय भद्रपुरका प्रमुख, प्रहरी निरीक्षक संजीव बोगटीको कमाण्डमा कोशी प्रदेश प्रहरी कार्यालय धरान केनाईन शाखाबाट आएका दुईवटा डगसहित ६ जनाको टोलीद्वारा चेकिङ सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

यसअघि गत असोज २४ गतेदेखि पूर्वी नाका काँकडभिट्टामा डग स्निफिङ शुरु गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्