झापा,कात्तिक१३।दसैँको अवधिमा साढे २५ हजारभन्दा बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् ।दसैँ र तिहारको मौसमलाई पाथीभरा दर्शन गर्ने मुख्य सिजन मानिन्छ भने यही समयमा भक्तजनको भिड लाग्ने गर्दछ । मुख्य सिजन अन्तर्गत दसैँको अवधिमा कुल २५ हजार ६३८ जना भक्तजनले पाथीभराको दर्शन गरेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार दसैँको अन्तिम दिन दिनमा मात्र चार हजार ३२२ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् ।नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङ, कोलकत्ता लगायतका ठाउँबाट समेत भक्तजन आएर पाथीभराको दर्शन गरेका समितिका कर्मचारी नवीन निरौलाले जानकारी दिए । दसैँ समाप्त भएपछि पनि उल्लेख्य सङ्ख्यामा भक्तजनको आगमन भइरहेको समितिले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्