बिर्तामोड , कात्तिक १३ । एम्बुलेन्सको ठक्करबाट बिर्तामोडमा एक पैदलयात्री बृद्धाको मृत्यु भएको छ ।

आज बिहान ५.१५ बजे बिर्तामोड– १ स्थित अधुवा पुलनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सिंहदेवी कृषि सहकारी संस्था इलामको मे १ च ४६२३ नं को एम्बुलेन्सले पैदलयात्री बिर्तामोड ४ बस्ने ६९ वर्षीया सीतादेवी साह कलुवारलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते कलुवारलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोमा त्यहाँबाट प्रादेशिक अस्पताल भद्रपुर पुर्याइएकोमा उपचारका क्रममा ७.३५ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । दुर्घटनापछि एम्बुलेन्स र चालकलाई इलाका प्र्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्