झापा, कात्तिक१४। टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा मलेसियाबाट पाएको एक सय ६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको हो । उनी ४३ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । आक्रामक रुपमा प्रस्तुत भएका कुशल भुर्तेलले केवल २५ बलको सामना गरी चार छक्का र चार चौका हिर्काए ।उनलाई मलेसियाका बलर पवनदिप सिंहले मुनिन्दीमार्फत क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले ५.२ ओभरमा ४९ रन बनाएको छ । यसअघि सिंगापुरविरुद्ध सोमबार खेलिएको पहिलो खेलमा कुशल भुर्तेलले ४८ बलमा ७४ रन बनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्