झापा,कात्तिक१४। जुम्लामा खसभाषाको चलचित्र गोठ प्रदर्शन भएको छ । स्थानीय हास्यव्यङ्ग्य कलाकार गरिकुडाका जोडीको प्रस्तुतिमा खसभाषाको चलचित्र गोठ प्रदर्शन गरिएको हो । उद्योग वाणिज्य सङ्घको हलमा प्रदर्शन सुरु गरिएको उक्त चलचित्रको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले गरेका छन्। उनले चलचित्रले एकातिर खस भाषाको संरक्षणमा जोड दिनुका साथै यहाँको सस्कृतिको विषयमा थप उजागर हुने बताए । स्थानीय कलाकार आयूष शाही कथा निर्देशनमा कलाकारहरु खसभाषामा टिकटकमा गरिकुडाबाट चर्चित जोडी विर्खबहादुर महत, लक्ष्मी खत्री, कलाकार यशोदा देवकोटा, स्वागत शाही, तुल्सी विश्वकर्मा, वसन्त विश्वकर्मा, सरगम शाही, मिमबहादुर शाही लगायतले चलचित्र गोठमा भाग लिएका छन् । चलचित्र गोठमा कुप्रथाको रुपमा रहेको छुईप्रथाले महिलाहरु गोठमा बस्न बाध्य हुने र त्यस कारणले महिलाहरु असुरक्षा भइरहने विषयलाई प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्