झापा, कात्तिक १४ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी अर्जुनधारा ६ बस्ने ३७ वर्षीय तुलसी फुयल पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो । झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागि आजै उनलाई झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उच्च अदालत विराटनगर, इलाम इजलासको मिति २०७९ चैत ८ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा फुयललाई १ महिना कैद र रु.१ करोड जरिवाना तथा रु.४ लाख पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय सुनाइएको थियो । फैसला भइ उनी फरार रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्