एजेन्सी । बोलिभियाले इजरायलसंगको सम्बन्ध अन्त्य गर्ने घोषणा गरेको छ ।

ल्याटिन अमेरिकी राष्ट्र बोलिभियाले गाजामा इजरायलको सैनिक अभियानप्रति आपत्ति जनाउँदै कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेको हो । उप विदेशमन्त्री फ्रेडी ममानीले इजरायलको कदमलाई आक्रामक र असंगत बताएका छन् ।

इजरायलसंग सम्बन्ध तोड्ने बोलिभिया पहिलो ल्याटिन अमेरिकी राष्ट्र हो । बोलिभियाले युद्धविरामको अपिल गरेको थियो । बोलिभियाले यसअघि पनि गाजापट्टीलाई लिएर इजरायलसंग सम्बन्ध तोडेको थियो । करिब एक दशकसम्म इजरायलसंग सम्बन्ध तोडेपछि सन् २०१९ मा दुवै देशबीच कूटनीतिक सम्बन्ध पुनस्र्थापित भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्