एजेन्सी । ईरान समर्थित यमनका हूती विद्रोहीहरुले इजरायलमाथि मिसाइल प्रहार गरेका छन् । उनीहरुले इजरायलले हमासविरुद्ध युद्ध अन्त्य नगरेसम्म उसमाथि ड्रोन र मिसाइल हमला जारी रहने बताएका छन् ।

विद्रोहीहरुले ‘अल–मसीराह टीभी’ मार्फत सो चेतावनी दिएका हुन् । हूती विद्रोहीहरुले सन् २०१४ मा यमनको राजधानीमाथि कब्जा जमाएका थिए । अझै पनि यमनको ठूलो भूभाग उनीहरुको नियन्त्रणमा रहेको छ ।

हूती विद्रोहीहरुले यमन युद्धका बेला साउदी अरब र युएईमाथि पनि पर हमला गरेका थिए । अमेरिकाले हूती विद्रोहीहरुको त्यस चेतावनीप्रति प्रतिक्रिया दिएको छ । विदेश मन्त्रालयका प्रवक्ता मैथ्यू मिलरले वाशिंगटनमा संवाददाताहरुसंग भने,“ यदि अरु कोहीले यस संघर्षमा सामिल हुने सोच्नु राम्रो होइन ।”

पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल पैट राइडरले त्यसको पुष्टि गर्दै इजरायलले हूती विद्रोहीहरुका तर्फबाट प्रहार गरिएको मिसाइललाई असफल बनाइदिएको बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्